रिहाना अर्बपतिको सूचीमा

0
Shares

प्रसिद्ध अमेरिकी म्यागेजिन फोब्र्सले सन् २०२३ का नयाँ अर्बपतिको सूची हालै सार्वजनिक गरेको छ।

यस सूचीमा सेलिब्रिटी पनि समावेश छन्। पप स्टार रिहाना, जे जेड, अग्रोफा विन्फ्रे र किम कार्डसियन फोब्र्स म्यागजिनको अर्बपतिको सूचीमा समावेश भएका हुन्। ७७ देशका दुई हजार ६ सय ४० जना अर्बपति रहेको सूचीमा हलिउड निर्देशक स्टिभन स्पिलवर्ग चार बिलियन डलरसहित ७६औं स्थानमा छन्। यस सूचीमा दुई हजार २०औं स्थानमा रहेकी रिहाना कस्मेटिक ब्रान्ड फेन्टी र संगीत क्षेत्रबाट अरबपति बनेकी हुन्। उनको कमाइ हाल १.४ बिलियन डलर रहेको छ। गत वर्ष उनको सम्पत्ति १.७ बिलियन डलर थियो।

त्यस्तै, किम कार्डसियन १.२ बिलियन डलरसहित दुई हजार दुई सय ५९औं स्थानमा रहेकी छन्। पपस्टार जे जेडको सम्पत्ति भने १.४ बिलियन डलरबाट वृद्धि भएर २.५ बिलियन डलर पुगेको छ। यस वर्षको अर्बपतिको सूचीबाट ड्डयापर कान्या वेस्ट भने बाहिरिएका छन्। एडिडाससँग व्यावसायिक सम्झौता रद्द भएपछि कान्ये वेस्ट फोब्र्स अर्बपतिको सूचीबाट बाहिरिएका हुन्। त्यस्तै, सन् २०२२ फोब्र्सको सेल्फमेड अरबपतिको सूचीमा परेकी अभिनेत्री काइली जेनर पनि यस सूचीबाट हटेकी छिन्।