वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम

0
Shares

तीनकुनेको अन्नपूर्ण विनायक स्कुल (एभीएस) ले शनिबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।

पोखरा विश्व विद्यालयका पूर्वकूलपति तथा नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष प्रा. खगेन्द्रप्रसाद भद्मराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै कलाकारले कला प्रस्तुत गरेका थिए।

कार्यक्रममा कलाकारहरुले लोक संस्कृति झल्किने नृत्य, सांगीतिक प्रस्तुतिका साथै, हास्यव्यंग्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय तथा समाजसेवीलगायत करिब एक हजार सहभागी थिए।