पुष्पन र रचनाको के भनौं सार्वजनिक

0
Shares

गायक गायिका पुष्पन प्रधान र रचना रिमालको स्वरमा के भनौं र खै बोलको गीत सार्वजनिक गरिएको छ।

सिरुपाते जुंगामा दाइने हातको ताउ गायक बाबुल गिरीको शब्द तथा संगीतमा तयार भएको रोमान्टिक गीतमाथि आकर्षक भिडियो निर्माण भएको छ। भिडियो माइकल चन्दले निर्देशन गरेका छन्। भिडियोमा माइकलले दुई जोडीको प्रेमकथा प्रस्तुत गरेका छन्। नरेन्द्र शाहको निर्माणमा तयार भएको म्युजिक भिडियोमा रमेश विश्वकर्मा, सरोज राजा प्रजा, उषा उप्रेती र विना राउतले अभिनय गरेका छन्।

झगडा गरेका रमेश उषाको जोडीले विना र सरोजको जोडीको भिडियो हेरेपछि मिलेको कथालाई निर्देशक चन्दले डान्सिङ नम्बरसहित प्रस्तुत गरेका छन्। उत्सव दाहालले छायांकन गरेको भिडियो शिलन लम्सालले सम्पादन गरेका छन्।