नयाँ वर्षलाई कुटुम्बको कन्सर्ट

0
Shares

लोकप्रिय सांगीतिक समूह कुटुम्ब ब्यान्ड नयाँ बर्ष २०८० को अवसरमा आगामी वैशाख १ गते काठमाडौंको टुँडिखेलमा प्रस्तुत हुने भएको छ।

नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्दै ५० हजार भन्दा बढीको उपस्थितमा कुटुम्बको संगीत महोत्सव र अन्य धेरै उत्सव रहने ब्यान्डले जनाएको छ।

योगा, ध्यान र उत्सव गरी ओशो तपोवनको सहकार्यमा ओम नेपाल मिडियाले ओशो महोत्सव काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागेको हो। सोही कार्यक्रममा कुटुम्बले आप्mनो नयाँ सांगीतिक कोसेली सार्वजनिक गर्ने भएको छ।

बिहान ९ बजेदेखि राति ९ बजेसम्म चल्ने कार्यक्रममा एकदिने ओशो महोत्सव ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायतको संगालो समारोह हुने जनाइएको छ।