मंगोलियन हार्ट १० वर्षपछि अस्ट्रेलियामा

0
Shares

लोकप्रिय सांगीतिक ब्यान्ड मंगोलियन हार्टले १० वर्षपछि अस्टेझलियामा सांगीतिक यात्रा गर्ने भएको छ।

नेपाली टच अस्टझेलियाको व्यवस्थापनमा अस्टझेलियाको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो। आगामी सोमबारबाट म्युजिकल टुर शुरु हुने ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबी लामाले जानकारी गराए। हामी शुक्रबार नै नेपालबाट अस्टझेलिया प्रस्थान गर्दैछौं। १० वर्षपछि अस्टझेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौं, लामाले भने। ब्यान्डको पहिलो सांगीतिक मेलबर्नमा हुने छ भने त्यसपछि क्रमशः ब्रिस्बेन, सिड्नी, केन्बेरा, डार्बिन, पर्थ, होबर्ट हुँदै एडलेडमा पुगेर टुंगिनेछ।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट गायक राजु लामा चर्चामा आएका थिए। लोक, स्लो रक र पप मेलोडी संगीतका लागि लोकप्रिय रहेको ब्यान्डको रिदम गीतारमा बबी लामा, डझममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

१० वर्षपछि अस्टेझेलियामा मंगोलिन हार्टसहित ज्यो ज्यो जाँदैछु गायक लामा भन्छन् हामी त्यहाँ ब्यान्डका पुराना र केही नयाँ गीत हामी प्रस्तुत गर्नेछौं।