प्रियंकाले अब मन नपरेकासँग काम नगर्ने

0
Shares

बलिउड अभिनेत्री प्रियंका चोपडाले अबदेखि आफूलाई मन नपरेका व्यक्तिका साथ फिल्ममा काम नगर्ने निणर्य लिएको बताएकी छन्।

अमेइजन प्राइममा प्रसारण हुने आफ्नो वेब सिरिज सिटाडेलको प्रोमोसनको क्रममा मुम्बईमा पत्रकारका साथ कुराकानी गर्दैै उनले आजसम्म आईपुग्दा आफूले चाहेका व्यक्तिसँग मात्र काम गर्न सक्ने स्थान बनाइसकेकाले विगतमा जस्तो आफूलाई मन नपरेका व्यक्तिका साथमा पनि काम गर्नुपर्ने बाध्यता नरहेको बतँएकी हुन्। ञमलाई लाग्छ अब ममा त्यो अधिकार छ र मैले आजसम्म आईपुग्दा त्यो स्थान बनाइसकेकी छु कि म अब आफूलाई मन नपर्ने व्यक्तिका साथ फिल्म नखेल्न सक्छु प्रियंकाले भनेकी छन्।

आफ्नो यस निर्णयका बारे बोल्दै उनले थपेकी छन् ञम अझै पनि यस कुरामा सम्झौता यस कारण गर्दिनँ किनभने जुन व्यक्तिका साथ म काम गर्छ‘ु। उबाट केही सिकौं भन्ने अपेक्षा राख्छु र म उसलाई इज्जत दिन्छु। तर, विभिन्न कारणले मलाई मन नपर्ने व्यक्तिसँग काम गर्ने कुरामा म अब सम्झौता गर्न सक्दिनँ।

केही दिनअघि मात्र उनले बलिउडमा राजनीति हावी भएकाले आफू बलिउड छोडेर हलिउडतिर लागेको बताएकी थिइन्।