ईश्वरले संगीतमा ल्याए अठोट

0
Shares

गायक, गीतकार तथा संगीतकार ईश्वर मागिया आफ्नो अठारौं सांगीतिक एल्बम अठोटका साथ दर्शकमाझ आएका छन्।

एल्बममा समावेश मनभित्र बोलको गीत हालै भिडियोसहित ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ। जसमा ईश्वरको स्वर तथा रवि मल्लको शब्द र संगीत रहेको छ।

एक प्रेमीले आफ्नी प्रेमिकाप्रति समर्पित भएको भावमा तयार पारिएको गीतमा बनेको आकर्षक भिडियोमा सुधीर शर्मा र सिमल कनौजियाको साथमा बाल कलाकारहरु स्मृति मागिया र प्रयुष केसीको अभिनय रहेको छ। गीतको भिडियोमा गायक मागिया पनि देखिएका छन्। गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायाकंन र सम्पादन रहेको छ।

रेडियो नेपालबाट २०६५ सालमा स्वर परीक्षा उत्तीर्ण गरेका ईश्वर लामो समयदेखि गीत संगीतमा सक्रिय छन्। इलाहावादस्थित प्रज्ञा संगीत समितिबाट संगीत प्रभाकर उत्तीर्ण गरेका उनी विभिन्न विद्यालयमा संगीत शिक्षकका रुपमा सक्रिय रहँदै आएका छन्।