गिगी चुम्बनले चर्चामा

0
Shares

हलिउड मोडल तथा टेलिभिजन स्टार गिगी हदिद आफ्नो काम र स्टाइलका कारण चर्चामा रहने गर्छिन्।

तर, हालै उनी एक बलिउड अभिनेताले चुम्बन गरेका कारण चर्चामा आएकी छिन्। हालै भारतीय धनाढ्य मुकेश अम्बानीको नीता एन्ड मुकेश अम्बानी कल्चर सेन्टरको शुभारम्भ समारोहमा निम्तो स्विकार गर्दै भारत पुगेकी गिगीले अभिनेता वरुण धवनका साथ नृत्य प्रस्तुति दिइन्।दमदार नृत्य प्रस्तुति दिएर सहभागीको ध्यान खिचेकी गिगीलाई नृत्यपश्चात् वरुणले आफ्नो हातले उठाएर गालामा चुम्बन गरेपछि उक्त भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यसरी वरुणले गिगीलाई गरेको व्यवहार धेरैले मन पराएका छैनन्। हलिउडबाट आएको कलाकारलाई वरुणले दुव्र्यवहार गरेको र यसले बलिउडको इज्जतमा नराम्रो असर गर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू वरुणविरुद्ध खनिएका छन्। विभिन्न हलिउड तथा बलिउड स्टारको सहभागिता रहेको समारोहमा गिगीले सारी लगाएर ¥याम्प नापेकी थिइन्।