राजधानीमा तेस्रो वार्षिक चित्रकला प्रदर्शनी

0
Shares

लायन्स क्लब अफ काठमाडौं फाइन आर्ट्सको आयोजनामा शुक्रबार ठमेलस्थित होटल आर्टस्मा तेस्रो वार्षिक चित्रकला प्रदर्शनी २०२३ शुरु भएको छ।

प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच शुभारम्भ गर्दै प्रदर्शनीले अग्रजदेखि नयाँ पुस्ताका कलाकारलाई एक ठाउँमा ल्याएको चर्चा गरे। ञसमाजसँग कला र कलासँग समाजलाई जोडेर काम गर्न थाल्नुभएको रहेछ, साथै नेपाली कलालाई नेपालदेखि अन्तर्राष्टिझय स्तरमा जोड्ने काम गर्नुपर्छु उनले भने। क्लबका पूर्वअध्यक्ष तथा कलाकार नगेन्द्रप्रसाद पौड्यालले प्रदर्शनीले नेपाली कलामा नयाँ सम्भावनाको ढोका खोलेको बताए। लायन्स क्लब रिजन चेयर पर्सन ३२५ आइका संगीता केसीले नेपाली कला र संस्कृतिलाई विश्वव्यापी बनाउन क्लबले काम गर्दै आएको जनाइन्। उनले नेपालीपनलाई चिनाउन यस्ता प्रदर्शनी निकै फलदायी हुने विश्वास व्यक्त गरिन्। लायन्स क्लब अफ फाइन आर्ट्सका उपाध्यक्ष किरण सिगुले प्रदर्शनीमार्फत कलामा अग्रज र नयाँ पुस्ताका कलाकारलाई जोडेको चर्चा गरे। त्यसैगरी, अध्यक्ष चिरञ्जीवी भद्मले कलामार्फत नेपाली संस्कृतिलाई विश्वमा चिनाउने गरी काम गरेको सुनाए।

कार्यक्रममा अग्रज कलाकार राधेश्याम मुल्मी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काप्mले थुम्केलीु, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, परम्परागत शिल्पकला विभाग प्रमुख पाल्साङमो लामालगायत सहभागी थिए। अप्रिल ६ सम्म चल्ने प्रदर्शनीमा ४९ स्वदेशी र एक विदेशी कलाकारका कलाकृति राखिएको छ। प्रदर्शनीमा अग्रज कलाकार केके कर्माचार्य, राधेश्याम मुल्मी, नगेन्द्र प्र. पौड्याल, महेश आचार्य, राजेश मानन्धर, रमेश कुँवर, डिबी राई, डी राम पाल्पाली, धन याख्खा, भीमबहादुर श्रेष्ठ, चिरञ्जीवी भद्म, एनबी गुरुङ, निमबहादुर तामाङ, किरणकुमार सिगु, आवरण पौडेल, मनारा प्रजापति, अमन ठाकुर, अंकित महतो, अर्जुन देशार, विनिता इजम, विनोद गिरी, विनोद लिम्बू, विशाल लिम्बू, दीपक कुँवर, डिल्लीकृष्ण आले, गिरिराज शर्मा, जेजी विल्स, जनक अधिकारी, जितेन्द्र लामा, जीवन तामाध्र, ज्योति खड्का, कृष्ण मुनिकार, नवाङ ग्युर्मे लामा, प्रकाश मिजार, प्रतिभा खड्का, लक्ष्मी मास्के (पुनम), पूर्ण वनेम, राजकृष्ण महर्जन, रञ्जु दर्नाल, रेविका शाक्य, सविन आचार्य, सञ्जीव मगर, सरुनादेवी महर्जन, श्रेया हाडा श्रेष्ठ, सुस्मा श्रेष्ठ, सिजन पोखरेल, सोनाम राई, सुमिना श्रेष्ठ, सुरेम देशार र उजेम मानन्धरका कलाकृति राखिएको छ ।