उर्वशीलाई व्यंग्य

0
Shares

बलिउड अभिनेत्री उर्वशी रौतेला बलिउड फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छिन्।

फिल्मको अलवा बेला बेला कुनै न कुनै कारणले चर्चामा रहने गर्छिन्। आफ्नो स्टाइलिस लुक्सका कारण चर्चामा रहने उनी आफ्ना बानी व्यवहारका कारण बेला बेला टझोलको शिकार हुने गर्छिन्। यसैबीच, उर्वशीको एक भिडियो बाहिरिएको छ, जसका कारण उनी सामाजिक सञ्जालमा भाइरल बनिरहेकी छन्। हालै उर्वशी आफ्नो अनुहारमा पहेलो रङको मास्क दलेर बाहिर निस्किइन्।

खासमा सौन्दर्य बढाउनका लागि घरभित्र या पार्लरमा बसेर प्रयोग गरिने मास्क लगाएर सडकमै हिडिरहेको भेटिएपछि फोटोग्राफर विरल भयानीले एक भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

भिडियो लिइरहँदा पोज दिएको देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडियोमा रमाइला खालका प्रतिक्रिया दिएका छन्। केहीले उर्वशीको मानसिक सन्तुलन गुमेको तथा चर्चामा आउन अर्को उपाय अपनाएको भनेका छन् भने केहीले पैसा तिर्न नसकेर पार्लरबाट भागेको भन्दै व्यंग्य गरेका छन्।