तापसीविरुद्ध उजुरी

0
Shares

बलिउड अभिनेत्री तापसी पन्नुविरुद्ध भारतको एक दक्ष्ँिणपन्थी संगठनले स्थानीय पुलिस स्टेसनमा उजुरी दिएको छ।

संगठनले फेसन शोको नाममा अंग प्रदर्शन गर्दै हिन्दू धर्मकी देवी लक्ष्मीको मूर्ति अंकित गहना लगाएर हिन्दू धर्मको धार्मिक आस्थामा आँच पुर्याएको भन्दै उनीविरुद्ध क्षत्रीपुर उजुरी दर्ता गरेको हो। छत्रीपुरा प्रहरी थानामा दर्ता भएको शिकायतपत्रमा यदि तापसीलाई सनातन धर्ममा ठेस पुर्याए वापत कारबाही नभए आफूहरुले अन्य कदम उठाउने उल्लेख गरिएको छ।

पलपल इन्डियामा प्रकाशित समाचारअनुसार प्रहरीले यस मामलामा छानबिन भइरहेको र त्यसपछि उचित कदम उठाइने जनाएको छ। हालै तापसीले लेक्मी फेसन विकमा ड्डयाम्प वाक गर्ने क्रममा एक लक्ष्मीको मूर्ति अंकित नेकलेस लगाएकी थिइन्। जसलाई लिएर सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म चर्चा चलेको थियो भने उनलाई टझोल गरिएको थियो।