खालिस्तानका अभियन्ता सिंह नेपाल पस्ने आशंका

सीमा नाका उच्च सतर्कता

0
Shares

काठमाडौं।

भारतमा खालिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरिएको छ ।
पछिल्लो दिनमा लन्डन र सन फ्रान्सिसकोका साथै भारतमा समेत खलिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीले खोजिरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकमा सीमा नाकामा उच्च सतर्कता अपनाइको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘वारिस पञ्जाब दे’ नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर पत्ता लगाएको भारतीय सुरक्षा अधिकारीले उनी सोही क्षेत्रबाट नेपाल पस्ने सक्ने जनाएपछि पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाइएको हो ।

भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उत्तराखण्डबाट नेपालभित्र पस्न सक्ने आशंकामा नेपाल–भारत सीमामा यतिखेर अलर्ट जारी गरिएको छ भने पछिल्ला दिनमा शंका लागेका विशेष गरी शिख समुदायका मानिसहरुलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाइएको जनाएको छ ।
अमृतपाल सिंह सम्पर्कविहीन भए पनि खलिस्तान समर्थकहरुलाई भने भारतीय प्रहरीले देशैभरिबाट धमाधम पक्राउ गरिरहेको छ । हिंसा भड्कन सक्ने भन्दै भारत सरकारले पञ्जाब राज्य सीमाभित्र केही दिन इन्टनेटसमेत अवरुद्ध गरिएको थियो ।

अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समूहले आक्रमण गरी आफ्नो सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले अमृतपालविरुद्ध कारबाही शुरु गरेको हो । प्रहरीले उनीमाथि ‘लुकआउट नोटिस’ तथा विना धरौटीको पक्राउ पुर्जी जारी गरेको छ ।

उता, अमृतपालमाथि धरपकड हुने थालेपछि पश्चिमा मुलुकमा रहेका खलिस्तान समर्थकहरुले भारतीय नियोगमा राखिएका झन्डाहरु निकालेर खलिस्तानी झन्डा राखेका थिए । खलिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले मुख्यत: बेलायत र अमेरिकासँग आपत्ति जनाइसकेको छ ।