महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल स्वास्थ्य तालिम

0
Shares

सल्यान।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल स्वास्थ्य सम्बन्धी तालिम दिएको छ । मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दुई दिने मोबाइल स्वास्थ्य सम्बन्धी तालिम दिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पहिलो चरणको तालिम  माझकाडा स्वास्थ्य चौकी सम्पन्न भएको हो ।

गर्भवती महिलाको स्वास्थ्य समस्या र बालबालिकाको अवस्था बुझ्नको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइलले सहजीकरण गर्ने बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहनको लागि मासिक एक हजार रुपैयाँ समेत बढाएर लिएको छ  ।

दुर्गम क्षेत्रमा के भइरहेको छ, त्यसको पहिचान गरेर योजना कार्यक्रम मार्फत हल गर्ने बुढाथोकीको भनाई छ  । नगरपालिकाले स्वास्थ्य शिक्षालाई प्राथमिकता राखेर अगाडि बढेको बताउँदै दुर्गम वडामा स्वास्थ्य सेवा सहज रुपमा पुर्‍याउनको लागि विभिन्न क्षेत्रसँग छलफल गरिरहेको बताउनु भएको छ ।

सुचना आदानप्रदान गर्नमा सहज हुने भएको त्यसलाई कार्यान्वयन गर्न महिला स्वयम सेविकालाई बनगाड कुपिण्डे नगरपालिका ११का वडा अध्यक्ष वीर बहादुर बुढामगरले आग्रह गर्नु भएको छ । स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले गर्भवती खोजेर चेकजाँचको लागि थप सहयोग गर्ने सम्बन्ध बढ्ने र गर्भवती महिला चेकजाँच गर्न स्वयंसेविकाले पठाउन सहयोग गर्न समेत बताउनु भएको छ ।

मोबाइल स्वास्थ्य दुई दिने तालिमले गर्भवतीलाई भेटेर मोबाइल बाट नै सूचना चेकजाँच गर्ने, दैनिक मोबाइल बाटै जानकारी आउने, स्वास्थ्य चौकीमा सुत्केरी हुन सहयोग गर्ने उहाँले बताउनु भयो । पालिका भित्रका ६३ जना स्वयंसेविकाहरुलाई तालिम दिइने समेत बताउनु भएको छ ।