आनन्दको स्रोत त हामीभित्रै छ



हरेक व्यक्तिमा ५० प्रतिशत राम्रोपना छ अनि ५० प्रतिशत नराम्रोपना छ । अँध्यारो पनि भित्रै छ अनि प्रकाश पनि भित्रै छ । अन्योल पनि भित्रै छ र स्पष्टता पनि भित्रै छ । यसर्थ हामी जे–जे गरिरहेका छौँ नि यसको स्रोत हामीभित्रै छ । यदि हामी यो संसारमा हराइरहेका छौँ भने त्यो हराउने अवस्था पनि हामीभित्रै हुन्छ । त्यसै गरी, यदि हामी आपूmले आपूmलाई पाइरहेका छौँ भने त्यो पनि हामीभित्रै हुन्छ । सबै चीज हामीभित्रै छ । बाहिरबाट कुनै चीज आइरहेको छैन । हाम्रो सोचाइ त यस्तो हुन्छ नि– यदि कतै गयौँ र केही ग¥यौँ भने त्यस कार्यबाट हामीले आनन्द प्राप्त गरिरहेका छौँ तर यो कुरा सत्य होइन ।

हामी केही गर्छौँ अर्थात् केही हेर्नका लागि जान्छौँ । हामीलाई त आनन्दको स्रोत नै त्यही हो भन्ने लाग्छ । वास्तवमा आनन्दको स्रोत त हामीभित्रै छ ।

हामी कुनै चीजलाई हेर्छौँ, हामीलाई कुनै चीज राम्रो लाग्छ । त्यस सौन्दर्यबाट आनन्द प्राप्त हुन्छ । तथापि, त्यो सौन्दर्यको आनन्द त्यस चीजमा हुँदैन । त्यो सुन्दरताबाट प्राप्त हुने आनन्द हामीभित्रै हुन्छ । यदि हामीले यस कुरालाई सधैँ ख्याल ग¥यौँ भने हाम्रो जीवनमा ठूलो परिवर्तन आउन सक्छ । वास्तवमा मैले कुनै चीजलाई बुझ्न सकिन भने यसको स्रोत पनि म नै हुँ । अर्को कुनै चीज छैन । यदि कुनै कुरा बुझिरहेका छौँ भने यसको स्रोत पनि स्वयम् नै हौँ । मभित्र सबै कुरा छ ।

जुन सृष्टिकर्तालाई म खोजिरहेको छु ती पनि मभित्रै छन् । अनि, जुन दुष्टताबाट हामी बच्न चाहन्छौँ त्यो पनि मभित्र छ । म जहाँसुकै गए पनि दुवै कुरा मसँगै जान्छन् । कुनै बेला गोपनीयताका लागि अर्थात् एक्लो बस्नका लागि हामी ढोकाको चुकुल लाउँछौँ । ढोका बन्द गरेर बस्छौँ तथापि तपाईँ कहिल्यै एक्लो हुनुहुन्न । प्रकाश पनि तपाईँसँगै छ अनि अँध्यारो पनि तपाईँभित्रै छ । ती सृष्टिकर्ता जसले यो सारा सृष्टिको रचना गरेका छन्– ती पनि तपाईँसँगै तपाईँभित्र आएका छन् । अनि, सारा संसारलाई हैरान पार्ने दुष्टता पनि तपाईँसँगै छ । सधैँभरि ! जेसुकै भइरहेको होस्, दुवै कुरा साथमा हुन्छन् । राम्रोपना पनि अनि नराम्रोपना पनि ! यी दुवै हामीभित्रै भएकाले गर्दा यदि खराबी बाहिर प्रकट भयो भने त्यसलाई परास्त गर्ने कुरा पनि तपाईँकै नियन्त्रणमा हुन्छ । राम्रोपना पनि तपाईँकै अधीनमा रहने कुरा हो ।

यदि अन्त कतैबाट शान्ति आउने कुरा हुने हो भने त बर्बादै हुन्छ । यसको तात्पर्य के हो भने यदि शान्ति कुनै कुवाबाट आइरहेको हुँदो हो त पचास हजार फिटमाथि उडिरहेको हवाईजहाजमा म कसरी शान्तिको अनुभव गर्न सकुँला र ! किनभने, त्यो शान्ति त धर्तीमै हुन्छ ! तर, म शान्तिको अनुभव गर्न सक्छु । म मानिसहरूलाई भन्ने गर्छु– ‘युद्धको मैदानमा पनि शान्तिको अनुभव गर्न सकिन्छ ।’ मानिसहरूले सोध्छन्, ‘यो कसरी सम्भव हुन्छ ?’ तपाईँ बाहिरबाट लडिरहनुभएको छ तर तपाईँभित्र के भइरहेको छ ! लडाइँ भइरहेको छ कि शान्ति भइरहेको छ ?

मानिसहरूको भनाइ के छ भने तपाईँ शान्ति प्राप्त हुन सक्छ भनेर त भन्नुहुन्छ तर कसरी हुन्छ ? म एउटा उदाहरण दिन्छु– केनेडीले अमेरिका चन्द्रमासम्म पुग्न सक्छ भनेर भने । उनले त यसो भनिदिए । धेरै मानिसहरूले यो कुरा त असम्भव छ भन्ने तर्क राखे । तर, अमेरिका चन्द्रमामा पुग्यो । जसले यो असम्भव छ भनेर भनेका थिए नि तिनका कारणले गए कि सम्भव छ भन्नेहरूका कारणले गए ? यसकारण असम्भव भन्नेहरू पनि धेरै हुन सक्छन् । यसका लागि केही पनि आवश्यक हुँदैन तर साहसपूर्ण तरिकाले यदि काम गर्ने हो भने शान्तिका लागि साहसको आवश्यकता पर्दछ । साहस भित्रबाट आउँछ । हामी गर्न सक्छौँ किनभने तिनको आवश्यकता पनि हाम्रो आवश्यकता जस्तै हो ।

आज म शान्तिका बारेमा कुरा गर्छु । वास्तवमा मानिसहरूलाई कस्तो शान्ति चाहिएको छ ? सामाजिक शान्ति चाहिएको छ । व्यक्तिगत शान्ति चाहिएको छैन । सामाजिक शान्तिको चाहना छ । कुन–कुन कुरालाई लिएर लडाइँ हुन्छ ? कुनचाहिँ चलचित्र हेर्न जानुहुन्छ ? अहिले हुन सक्छ चलचित्र हेर्न जानुभएको छैन होला तर कुनचाहिँ चलचित्र हेर्न जाने भन्ने कुरामा नै लडाइँ हुन थाल्छ । त्यसबाट केही हुने होइन । तथापि, यो जुन तपाईँभित्र लडाइँ चलिरहेको छ नि त्यहाँ के भइरहेको छ ? यसले तपाईँको जीवनलाई खेर फालिरहेको छ । धमिराले जस्तै हरेक रात तपाईँलाई भित्रभित्रै खाइरहेको छ । तपाईँका बारेमा कुरा गर्नुपर्दा तपाईँले आपूmलाई कसरी बुझ्नुभएको छ त !

हामी जीवनमा धेरै लक्ष्यहरू बनाउँछौँ । तिनै लक्ष्यहरूलाई पूरा गर्नका लागि कम्मर कस्छौँ । तर हामी एउटा लक्ष्यलाई पनि पूरा गर्न सक्दैनौँ । किनभने, हामीलाई सफलता पनि चाहिएको छ अनि प्रतिष्ठा पनि चाहिएको छ । यसका साथमा अन्य धेरै कुराहरू पनि चाहिएको छ । ती सबै कुराहरूमध्ये एउटा कुरालाई हामी बुझ्दैनौँ, ‘हामी को हौँ र हाम्रो जीवनको वास्तविक लक्ष्य के हुनु पर्दछ ?’ हामीलाई के चाहिन्छ भन्ने कुराका बारेमा त सारा संसारले भनिरहन्छ । तर, हामीले आपैmँलाई ‘म के चाहन्छु’ भनेर कहिल्यै सोध्दैनौँ भने जीवनको वास्तविक लक्ष्य त अधुरो रहन्छ ।

एउटा कथा छ । एकपटक अकबरले वीरबललाई भने, ‘वीरबल ! हाम्रो दरबारमा ठूला–ठूला विद्वान्हरू छन् । अब तिमी यसो गर, हाम्रो दरबारमा पाँचजना सबैभन्दा मूर्ख मानिसहरूलाई खोजेर ल्याऊ ।’

वीरबलले भने, ‘हुन्छ, महाराज !’

वीरबल खोज्नका लागि निस्के । उनी मनमनै सोच्न थाले, अब पाँचजना मूर्ख कहाँ पाइन्छ होला ?
त्यत्तिकैमा एकजना मानिस आफ्नो गधामा बसेर आइरहेको देखे । उनले आफ्नो टाउकोमा दाउराको भारी राखेका थिए ।
वीरबलले सोधे, ‘हजुर ! तपाईँ त गधामा बस्नुभा’छ अनि त्यो भारीचाहिँ किन टाउकोमा राख्नुभएको त ? त्यो भारीलाई गधाकै ढाडमा

राखेको भए पनि हुन्थ्यो नि, हैन र ?’

ती मानिसले उत्तर दिए, ‘तपाईँ पनि नचाहिने कुरा गर्नुहुन्छ । तपाईँलाई थाहा छैन यो विचरा गधा दिनभरि काम गरिरहेको हुन्छ । मैले यो भारी आपैmँले बोकेँ भने त कमसेकम गधालाई बोझ कम हुन्छ !’
वीरबलले सोचे, पहिलो मूर्ख त भेटियो ! वीरबलले उनलाई भने, ‘हजुर ! तपाईँ भोलि राजमहलको बाहिर आएर मलाई भेट्नुहोस् है । म तपाईँलाई केही उपहार दिनेछु ।’

ती मानिसले भने, ‘हुन्छ !’

वीरबल अलिक अघि बढ्दै जाँदा एकजना मानिस जमिनमा सुतेर हावामा खुट्टा चलाउँदै थिए । उनी हात अगाडितिर पैmलाइरहेका थिए ।
त्यो देखेर वीरबलले उनलाई सोधे, ‘हैन, यो के गरिरहनुभएको ?’

त्यसपछि उनले भने, ‘मेरी श्रीमतीले पर्दाका लागि कपडा नापेकी थिइन् । त्यो यति नै नापको थियो । त्यसैले मैले यी हातलाई त्यही नाप अनुसार राखेको छु, त्यो भुल्छु कि भनेर त्यो नापअनुसार हात पैmलाएर हिँडिरहेको थिएँ । हिँड्दाहिँड्दै मेरो खुट्टा चिप्लियो र म लडेँ । तर मैले के सोचेँ भने अब रोकिनु त हुँदैन, त्यसैले म आफ्ना गोडाहरु हावामा चलाइरहेको छु ।’

वीरबलले उनलाई भने, ‘हजुर ! तपाईँ भोलि राजमहलमा आएर मलाई भेट्नुहोस् है ।’

रात परिसकेको थियो । एकजना व्यापारीले बत्तीकोे मुनितिर केही खोजिरहेको वीरबलले देखे । वीरबलले छेउमा गएर सोधे, ‘तपाईँ यहाँ के गरिरहनुभएको छ ?’

उनले भने, ‘म आज दिउँसो जङ्गलमा गएको थिएँ । त्यहाँ मैले आफ्ना साथीसँग गफगाफ गरिरहेको थिएँ । थाहा छैन, कसरी हो मेरो औँठी त्यहाँ खस्यो । त्यसैले म यहाँ खोजिरहेको छु ।’

वीरबलले भने, ‘यदि तपाईँको औँठी जङ्गलमा खसेको हो भने किन यहाँ खोजिरहनुभएको त ?’

उनले भने, ‘भाइ, तिमी पनि कति मूर्ख रहेछौ । यहाँ उज्यालो छ, त्यसैले यहाँ खोजिरहेको छु । जङ्गलमा उज्यालो छैन, त्यसैले त्यहाँ कसरी भेटिन्छ त ?’

त्यसलाई पनि वीरबलले भने, ‘हजुर ! तपाईँ भोलि राजमहलमा आएर मसँग भेट्नो’स् है ।’

अर्काे दिन तीनैजना मूर्खहरूले वीरबललाई भेटे । वीरबलले उनीहरूलाई अकबरकहाँ लिएर भेट गराए । उनले अकबरलाई भने, ‘महाराज ! पाँचजना मूर्ख पाइयो ।’ उनले तीनैजना मूर्खका बारेमा जानकारी दिए ।

अकबरले भने, ‘यी त तीनजना मात्र छन् ।’

त्यसपछि वीरबलले भने, ‘महाराज ! एउटा मूर्ख त म नै हुँ, जो मूर्खलाई खोज्न गएँ र अर्काे मूर्ख तपाईँ हुनुहुन्छ, जसले मूर्ख खोजेर ल्याउनू भन्नुभयो ।’

हामी पनि एउटा धारणा, एउटा विश्वास बनाउँछौँ । वास्तविक कुराका बारेमा सोच्दैनौँ र त्यसमा लागिरहन्छौँ । यस जीवनमा हाम्रो आवश्यकतालाई जान्नु अत्यन्तै आवश्यक छ । कोही भन्छन्, ‘यो जिन्दगी पाएका छौ– नोकरी गर, खूब पैसा कमाऊ, नाम कमाऊ ! संसारबाट एकदिन त सबैले जानै छ ।’ अनि हामी आफ्नो जीवनलाई कुन राम्रो र कुन नराम्रो भन्दै तौलने गर्दछौँ । तर सृष्टिकर्ताको कृपाले हामीलाई मानिसको जीवन प्राप्त भएको छ । यो मोक्षको ढोका हो । यही जीवनबाट मोक्ष पाउन सकिन्छ । हामीले आफ्नो जीवनको लक्ष्य, जुन वास्तविक लक्ष्य हो, त्यसलाई पूरा गरेपछि आफ्नो जीवनलाई जीवित हुँदै सफल पार्न सक्छौँ ।

मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्