प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नियमित नहुँदा सेवा प्रभावित 

0
Shares

रौतहट । 

नियमित रुपमा प्रमुख  प्रशासकीय अधिकृत कार्यालयमा नबस्दा वृन्दावन नगरपालिकाकाको सेवा प्रभावित भएको छ । हाजिर रजिष्टर, दर्ता चलानी समेत प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा नराख्दा कर्मचारीले गत ६ गते देखि कर्मचारीले हाजिर गर्न पाएका छैनन् भने अधिकम्स  कर्मचारीहरु समेत कार्यालयमा उपस्थित  हुन छाडेका छन् ।

कार्यालयको रोजगार सेवा केन्द्र र लघु उद्यम शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, प्राविधिक शाखा, जिन्सी शाखा लगायतका फाँटका कर्मचारीहरुको नियमित नभएको स्वयम त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।

वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले नगरपालिका भन्दा १२ किलोमिटर टाढा चन्द्रनिगाहपुरमा बस्दै आएका छन् भने कार्यपालिकाको निर्णय विपरीत वृन्दावन नगरपालिकाको हर्षाहामा अर्को कार्यालय खोलेको जनाइएको छ ।

न्यायिक समितिका कर्मचारी होसनारायण यादवका अनुसार प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल कार्यालयमा नियमित नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताउनु भयो ।

उता खर्चको विवरण उपलब्ध गराउनु पर्ने माग राख्दै वृन्दावन नगरपालिकाको वडा नम्बर २ का अध्यक्ष सिकिन्द्र राउत कुर्मी, वडा नम्बर ३ को अध्यक्ष हरि नारायण साह, वडा नम्बर ४ का अध्यक्ष श्यामनन्द राय यादव, वडा नम्बर ५ को अध्यक्ष फेकु दास रिले अनसनमा रहेका छन् । उनीहरुसँगै मेयरका प्रत्याशी नेपाली काग्रेसका राम स्नेही यादव, मेयरका प्रत्याशी नेकपा एमालेका प्रेम शंकर यादव, मेयरका प्रत्याशी नेकपा माओवादी केन्द्रका राम प्रसाद पटेल, आम जनता पार्टीका सचिव अशोक साह, जसपा बाट ५ नम्बर वडाका प्रत्याशी अध्यक्ष राम नारायण बैढा समेत रिले अनसनमा रहेका छन् ।

नगर सभाबाट पारित नीति र कार्यक्रम विपरीत नगरप्रमुख विनोद पटेलले मनोमानी ढङ्गले खर्च गरेको भन्दै उनीहरु रिले अनसनमा बसेका हुन । सेवा प्रवाह लाई चुस्त बनाउन र नगरवासीको हितकारी कार्य गर्नु भन्दा पनि प्रमुख प्रशासकीय अधिकृत खिमलाल भुजेल र नगरप्रमुख पटेलले कमाउने धन्दामा लागेको आरोप समेत उनीहरुको रहेको छ ।

वृन्दावन नगरपालिकाको आर्थिक वर्ष ०७९/८० मा भएको नगर सभा देखि ०७९ चैत्र ५ गते सम्म भएको निर्णयको प्रतिलिपि, शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेको खर्च  विवरण, करारका कर्मचारीको नियुत्ती र हाजिरी रजिष्टरको प्रतिलिपि, कर्मचारीको पेस्की विवरण र डोर हाजिरमा राखिएका कर्मचारीको हाजिरी विवरण, ०७५ ज्येष्ठ देखि गाडीमा राखिएको इन्धनको लगबुक सहितको विवरण, दर्ता चलानीको विवरण, विकास निर्माणको सम्पूर्ण योजना र भुक्तानी विवरण उपलब्ध गराउनु पर्ने माग उनीहरुको रहेको छ ।

माग गरेको  विवरण उपलब्ध गराउनु भन्दा पनि नगर प्रमुख सम्पर्क विहीन बनेको बताउनु भयो । मेयरका प्रत्याशी प्रेमशंकर यादवले विकास र संवृद्धि भन्दा पनि नगरप्रमुखले कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाउनु भयो । अर्का मेयरका प्रत्याशी राम स्नेही यादवले स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत विकासको अनुभूति हुन नसकेको बताउनु भयो ।