तस्वीरका कारण तापसीको आलोचना

0
Shares

बलिउड अभिनेत्री तापसी पन्नु हालै आप्mनो बोल्ड फोटोशुटका कारण चर्चाका साथै विवादमा तानिएकी छन्।

हालै उनले सामाजिक सञ्जाल ईन्स्टाग्राममा आफ्नो केहि बोल्ड तस्वीरहरु शेर गरिन्। जस्को सामाजिक सञ्जालमा निकै चर्चा भयो भने उक्त तस्वीरले सञ्चारमाध्यमको समेत ध्यान तानेको छ। उनले शेयर गरेका विभिन्न तस्वीरमध्ये एकमा उनले घाँटीमा लगाएको गहनाका कारण आलोचनाको शिकार बन्नु परेको छ।

रातो रध्रको डीप नेक गाउनमा हिन्दु धर्मकी देवी लक्ष्मीको मुर्ती कुँदिएको नेकलेस लगाएर शेयर गरेको फोटोमा ञयो रातो रध्रले कहिले मेरो पिछा छोड्लाु भन्ने क्याप्शन लेखिएको छ। उक्त तस्वीरका कारण उनी आलोचनाको शिकार बन्नु परेको हो।

आगाडि निकै खोलिएको उक्त कपडामा हिन्दु देवी अंकित गहना लगाएर हिन्दु धर्मको अपमान गरेको भन्दै कयौं सामाजिक सञ्जाल प्रयोकर्ता तापसीमाथि खनिएका छन्। कतिपयले कलाकार भएर कुनै पनि धर्मको अपमान गर्नू अघि लाखौं पटक सोच्नुपर्ने सल्लाह दिएका छन् भने कयौंले तापसीले घृणित काम गरेको समेत आरोप लगाएका छन्।