बालविवाह अन्त्य गर्ने अभियानमा कालिकोटका किशोरीहरु

0
Shares

कालिकोट । 

सामाजिक विकृतिको रुपमा रहेको बालविवाह अन्त्य गर्ने अभियानमा नरहिनाथ गाउँपालिकामा रहेका किशोरीरु लागेका छन् । बालविवाहका कारण बालिकाहरुको शारीरिक मानसिकरुपमा असर पर्ने र भविष्य समेत अन्धकार हुने भएकाले बालविवाह अन्त्य गर्ने अभियानमा यहाँका स्कुले किशारीहरु लागेका हुन ।

प्लान इन्टरनेस्नल नेपाल र सादा नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत नरहरिनाथ गाउँपालिका–२ र ३ मा गठित किशोरी क्लबहरूले बालविवाह,घरेलु हिंसा,छाउपडी प्रथा लगायतका विकृति विसङ्गति अन्त्य गर्ने अभियानमा सञ्चालन भएको सादा नेपालकी सहजकर्ता शर्मिला महताराले बताउनु भयो ।

स्कुले उमेरमा रहेका किशोरी तथा  बालिकाहरुलार्ई २८ र २९ गते सञ्चालित मनोसामाजिक परामर्श सम्बन्धी अभिमुखीकरण कार्यक्रममा किशोरीहरूले बालविवाह अन्त्य नभएसम्म अभियान निरन्तर राख्ने प्रतिबद्धता जनाउनु भयो ।

नरहरिनाथ गाँउपालिकामा रहेका किशोरी क्लवहरुलाई बालवालिकाहरु बीच उमेर वृद्धि सँगै शारीरिक परिवर्तनमा पनि फरकपन,शारीरिक स्वरूपमा नै परिवर्तन देखिने,किशोर अवस्था बाल्यकालबाट वयस्क हुने परिवर्तनशील अवस्थाका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा नरहरिनाथ  गापा–३ का १५ वर्षीया सविना विष्टले किशोरी उमेरका बालिकाहरूलाई विद्यालयदेखि घरसम्म धेरै समस्या रहेकाले समाधानका समाधानका लागि स्थानीय सरकार अभिभावक लाग्नु पर्नेमा जोड दिनु भयो । साथै किशोरी अवस्थाका बालिकाहरुमा हुने मनोसमाजिक समस्याका बारेमा पनि छलफल भएको थियो ।

किशोरीहरूको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास र परिपक्व हुने अवस्था भएपनि घरयासी वातावरण,विद्यालयका समस्याका करण अप्ठ्यारो परिस्थिति झेल्नु परिरहेको छ ।

मुख्य गरी १३ देखि १९ वर्षसम्म किशोर अवस्थाको उमेरमा महिनावारी हुने समय भएको र यहाँ जिल्लामा अहिले पनि छाउपडी प्रथा कायम रहेकाले बलात्कारकाको सिकार,सपको टोकाइबाट ज्यान जाने जोखिम रहेको नरहरिनाथ–२ की १६ बर्षीया तोविना विकले बताउनु भयो ।

विद्यालयमा छात्रा शौचालय,सेनिटरी प्याडको अभाव हुने भएका कारण विद्यालय जानबाट वञ्चित हुनु पर्ने अवस्था धेरैजसो वडाहरुमा पाइएको छ ।
अभिमुखीकरणमा घरेलु हिंसाका कारण अविभावकवाट हुने तनाव,विद्यालयमा शिक्षकहर,साथीभाइहरूबाट हुने तनाव,बालविवाहका कारण हुने तनाव र यसको मनोसामाजिक परामर्श उपचारका बारेमा जानकारी गराइएको थियो  ।

कार्यक्रम पछि किशोरीहरमा आउने मनोसमाजिक समस्या यसको समाधान तथा बाल संरक्षण,बालविवाहको अन्त्यका लागि  किशोरी क्लबका पदाधिकारी स्थानीय सहजकर्ताहरुले आ–आफ्नो वडामा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।