सिन्धुलीमा ७६ किलो लागूऔषध गाँजा सहित २ जना पक्राउ 

0
Shares

सिन्धुली । 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धलीको हरिहरपरगढी गाउँपालिका ७ भुताहा स्थित क्यानखोला चिसापानीबाट ७६ किलो ५ सय ग्राम लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।

काभ्रेबाट सर्लाही तर्फ मोटरसाईकलमा राखेर लागुऔषध गाँजा लैजाँदै गर्दा सर्लाहीको हरिवन नगरपालिका २ का २३ बर्षका प्रल्हाद कुमार थोकर र हरिवन नगरपालिका ८ का ३३ बर्षका देव कुमार स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरन्जीवि दाहालले बताउनुभयो ।

पक्राउ परेका प्रल्हाद र देवले चलाएको मोटरसाईकल भन्दा पहाडी रहेको अर्को मोटरसाईकलमा सवार दुई जना भने लागुऔषध गाँजा रहेको बोरा सोही ठाउँमा छोडेर भागेको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।

पक्राउ परेका प्रल्हाद र देवले बोकेको बोराबाट ४० किलो र फरार भएकाले छाडेको बोराबाट ३६ किलो ५ सय ग्राम गरी ७६ किलो ५ सय ग्राम लागूऔषध बरामद गरिएको उहाँले बताउनुभयो । बोरा छोडी भागेकाहरुले माथि डाँडामा पुगेर प्रहरी टोली माथि ढुङ्गा मुडा प्रहार गरेको र सो क्रममा प्रहरीले सुरक्षाको लागि ३०३ राइफलबाट १ राउण्ड हवाई फायर गरेको उहाँले बताउनुभयो ।