खप्तडी बुढाथोकी क्षेत्री समाजको २३ औँ केन्द्रीय साधारण सभा चैत ४ र ५ गते 

0
Shares

भक्तपुर।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (केबीएस) को २३ औँ केन्द्रीय साधारण सभा चैत ४ र ५ गते काठमाडौँमा हुने भएको छ ।

समितिको केन्द्रीय समिति बैठकको निर्णय अनुसार अरिकल ईभेण्ट महाराजगन्जमा हुने साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न ७ वटै प्रदेश र प्रवासमा समेत बसोबास गरिरहेका बन्धुहरुलाई सहभागी गराई मूल आयोजक समिति र उपसमितिहरु गठन गरिएको समाजका अध्यक्ष बिकेन्द्र कुमार दीप बिसीले बताउनुभयो ।

“कुल बंशको रक्षा गरौँ संस्कार र संस्कृतिको जगेर्ना गरौँ ”भन्ने नारा सहित आयोजना हुन लागेको साधारण सम्पन्न गर्न अध्यक्ष बिकेन्द्र कुमारको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव डम्बरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

यसैगरी समाजका उपमहासचिव पुष्करराज बुढाथोकीको संयोजकत्वमा प्रचारप्रसार समिति,वरिष्ठ उपाध्यक्ष गणेशबहादुर बुढाथोकीको संयोजकत्वमा हल व्यवस्थापन समिति ,केन्द्रीय सदस्य प्रकाश बुढाथोकीको संयोजकत्वमा जलपान व्यवस्थापन समिति,केन्द्रीय सचिव कुमारप्रसाद बुढाथोकीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति ,केन्द्रीय कोषाध्यक्ष डिल्लीकुमार बुढाथोकीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति ,उपाध्यक्ष हरिबहादुर बुढाथोकीको संयोजकत्वमा स्वागत,समन समिति,सचिव राजु बुढाथोकीको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति,केन्द्रीय अध्यक्ष बिकेन्द्रकुमार को संयोजकत्वमा सम्मान छनौट समिति र स्मारिका प्रकाशन समिति गठन गरिएको छ ।

बागमती प्रदेशका सचिव अर्जुन बुढाथोकीको संयोजकत्वमा यातायात व्यवस्थापन समिति,केन्द्रीय सल्लाहकार हरिभक्त बुढाथोकीको संयोजकत्वमा अनुगमन समिति,केन्द्रीय सल्लाहकार कृष्णबहादुर बुढाथोकीको संयोजकत्वमा प्राथमिक स्वास्थ्य उपचार समिति,केन्द्रीय सदस्य मेखबहादुर बुढाथोकीको संयोजकत्वमा स्वयम् सेवक परिचालन समिति र महासचिव डम्बरबहादुरको स्.योजकत्वमा ५ सदस्यीय सचिवालय गठन गरिएको प्रचार प्रसार समितिका संयोजक पुष्करराज बुढाथोकीले बताउनुभयो ।

साधारण सभामा देशका ६० भन्दा बढी जिल्लामा बसोबास गर्ने खप्तडी बुढाथोकीको प्रतिनिधिमूलक सहभागिता रहने बताइएको छ ।
कार्यक्रममा पुर्वमन्त्री एवं नेपाली काँग्रेस नेता केशवकुमार बुढाथोकी,नेकपा एकीकृत समाजवादीका नेता तथा सङ्घीय सांसद प्रकाश ज्वाला(बुढाथोकी),राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.प्रभु बुढाथोकी,वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी,नेपाल सरकारका पूर्व सचिव कृष्णबहादुर बिसी ,डा.केदार बुढाथोकी,तेजबहादुर बुढाथोकी लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।साधारण सभाले नयाँ कार्य समिति समेत चयन गर्ने भएको छ ।
नेपालका जातीय वर्गीकरणअनुसार क्षेत्रीय जातमा पर्ने थर /बुढाथोकी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दु धर्मावलम्बी विशेषत नेपालीहरूको थर हो।

खप्तडी बुढाथोकीहरू मूलतः खस क्षेत्री हुन् । बुढाथोकीहरू कर्णाली प्रदेश हुँदै नेपालका प्राय: सबै जिल्लामा बसोबास गर्दछन् । पूर्वमा भारतको असाम राज्यसम्म बुढाथोकीहरूका बसोबास भएको पाइन्छ । नेपालमा बढी संख्यामा जुम्ला, हुम्ला,अछाम, दैलेख,सल्यान, दाङ, दोलखा, रामेछाप, ओखलढुंगा, खोटाङ र झापा जिल्लामा बुढाथोकीहरूको बसोबास रहेको पाइन्छ ।

बुढाथोकीहरू अन्य खस क्षेत्रीहरू झैँ खप्परमष्ट पुजक हुन् । बुढाथोकीहरूले पनि मूलतः कुलदेवता पूजा वा देवाली गर्ने गर्छन् । नेपालमा मानिने सनातन हिन्दु धर्मअनुसारका सबै पर्व मान्ने गरेका छन् ।