सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

0
Shares

रसुवा। 

जिल्लाको  गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर १ थुमन गाउँकी  एक सुत्केरी महिला ३१ वर्षीय पासाङ घलेलाई हेलिकप्टरबाट काठमाडौँस्थित थापाथली प्रसूतीगृहमा  पठाइएकाे छ ।

मंगलबार   सुत्केरी व्यथा लागेर बच्चा जन्माउन गाउँ कै स्वास्थ्य संस्थामा लगिएको र  नसक्ने अवस्था भएपछि बुधवार  हेलिकप्टरबाट  काठमाडौँ लगिएको  पासाङ घलेका श्रीमान्  मिरुप तामाङले जानकारी दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आर्थिक वर्ष ०७५/०७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलाई हवाई उद्धार गरी  तोकिएको अस्पतालमा पु¥याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धारका लागि कार्यविधि २०७५”  साल कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको हो

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत  हेलिकप्टरबाट  उद्धार गरी थापाथली प्रसूतीगृह अस्पताल लगिएको गोसाईंकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताउनु भयो।

रसुवाका प्रमुख जिल्ला अधिकारी , गाउँपालिकाका जनप्रतिनिधिहरू,जिल्ला स्वास्थ्य कार्यालय रसुवाको पहलमा सुत्केरी महिलाको उद्धार भएको गोसाईंकुण्ड गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले बताउनुभयो ।