नीलकण्ठ क्याम्पसमा तालाबन्दी, निर्वाचन स्थगित गर्न माग

0
Shares

धादिङ । 

नीलकण्ठ बहुमुखी क्याम्पस धादिङबेंसीमा नविसंघसंग मिलेर एकलौटी गरेको आरोपमा तीन विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको छ ।

अनेरास्वावियु, अनेरास्ववियु (क्रान्तिकारी ) र राप्रविसंघले स्ववियु निर्वाचनको सन्दर्भमा प्रेस विज्ञप्ति प्रकाशन गरी क्याम्पसमा तालाबन्दी गरेको हो ।

प्रत्यक्ष उम्मेदवार भएका व्यक्ति स्वावियु समानुपातिक लिष्टमा समेत नाम राखेर नेविसंघसँग मिलेमतो गरेको विद्यार्थी सङ्गठनहरूले आरोप लगाएको छ ।

प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका उत्तम सिलवाल, शर्मिला अर्याल, र जीवन गिरिले उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता नलिएको भएपनि नेविसंघसंग मिलेर समानुपातिकमा उनीहरूको नाम राखेको अनेरास्ववियुका अध्यक्ष उम्मेदवार अमाेस थापा तामाङले बत्ताउनुभयो ।

एकपक्षीय व्यवहार गरेकोले क्याम्पस स्ववियु निर्वाचन स्थगित गर्न समेत माग गरिएको छ ।

निर्वाचन सम्बन्धी काम गर्दा आफूहरूलाई नबोलाई नेविसंघ र क्याम्पस प्रशासनमात्र बसेर उम्मेदवार हेरफेर गरेको विद्यार्थी संगठनहरुकाे आरोप छ ।

निर्वाचन आचारसंहिता तथा निर्वाचन कानुन विपरीत क्याम्पस  निर्वाचन संयोजक बद्री कोइरालाले बन्द सूचीमा भएको नामबारे थाहा नभएको बताउँदै समस्या वार्ताको माध्यमबाट समाधान गरिने बत्ताउनुभयो ।