पत्रकार राष्ट्रिय दबूको ११ औं स्थापना दिवस मनाइयो

0
Shares

ललितपुर।

नेवाः पत्रकार राष्ट्रिय दबूले ११ औं स्थापना दिवस मनाइयो ।

ललितपुरको गाबहालमा मंगलबार एक समारोहको आयोजना गरी पत्रकार राष्ट्रिय दबूको स्थापना दिवस मनाइएको हो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नवनियुक्त सल्लाहकारहरु वरिष्ठ पत्रकारहरुमा नरेशवीर शाक्य, पुष्करभक्त माथेमा, सुरेशकिरण मानन्धर, ईश्वरप्रसाद जोशी, मोहन दुवाल, विजयरत्न असंबरे र कानूनी सल्लाहकार किरण शाक्यलाई नियुक्तिको प्रमाणपत्र प्रदान गर्नुभयो।

त्यस्तै मनोनित सदस्य प्ररेणा शाक्य, भाईकाजी महर्जन, राजेश बज्राचार्य, विकास माली, रवि महर्जन र कविता श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

सो अवसरमा संस्थाको विकासमा महत्वपूर्ण योगदान पु¥याए वापत संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जनलाई विशेष सम्मान गरिएको थियो।

समारोहमा केन्द्रीय अध्यक्ष् श्रेष्ठले प्रेस स्वतन्त्रताको उच्चतम अभ्यास,श्रमजीवी पत्रकारको हकहितसंगै समावेशी सञ्चार,मातृभाषाको पत्रकारिताको विकासको लागि संस्थाले आजसम्मको गतिविधि बारे जानकारी दिँदै मातृभाषाको पत्रकारिता शताब्दी महोत्सव मनाउन तयारी भइरहेको बताउनुभयो।

सो अवसरमा निर्वतमान अध्यक्ष सुरजवीर बज्राचार्य, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, सहसचिव सुनीता डंगोल लगायतले नेपाली पत्रकारितालाई समावेशी बनाउन, नयाँ पत्रकार उत्पादन र मातृभाषाको पत्रकारिता विकासको लागि अघि सारिएको एजेण्डा र कार्यसूचीबारे केन्द्रीत गर्दै आआफ्नो धारणा राख्नुभयो।

२०६९ चैत्रमा स्थापना भएको सो संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को एक घटकको रुपमा रहेको छ। यसको २६ जिल्ला शाखा र तीन सम्पर्क शाखा गरी २९ जिल्लामा संगठन विस्तार भइसकेको छ ।