ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

0
Shares

धनगढी।

कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

टिकापुर नगरपालिका–१ ब्लक नम्बर ७ का तनविर अन्सारीका १८ महिने छोरा हारिसको सोमबार बिहान मृत्यु भएको हो।

सोही ठाउँमा पार्किङ गरिराखेको सु.प.प्र.०१–००२ त ६४८४ नम्बरको ट्याक्टर सडकमा निकाल्न क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालकलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।