उपराष्ट्रपति पदका लागि यादवको उम्मेदवारी कायम

0
Shares

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको अधिकृतको कार्यालयले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरेको छ ।

उपराष्ट्रपतिको सम्बन्धमा भएका संवैधानिक प्रावधान, ऐन र निर्देशिकाको अध्ययन गरी यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपति फरक लिड्ड वा समुदाय गरी दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक नभएकोले उम्मेदवारी कायम राखेको बताउनुभयो ।

राष्ट्रपति खसआर्य समुदाय पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिको लागि खसआर्य समुदायबाहेक दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता हुने जिकिर गर्दै उम्मेदवार अष्टलक्ष्मी शाक्यको तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) र उम्मेदवार ममता झाले यादवविरुद्ध आइतबार उजुरी दिनुभएको थियो । उजुरीउपर जा“चबुझ गरी कार्यालयले यादवको उम्मेदवारी बदर गर्न नपर्ने निर्णय गरेको हो । आइतबार मध्यान्ह १२ बजेसम्ममा उम्मेदवारविरुद्धको उजुरीउपर जा“चबुझ गर्ने समय तोकिएको थियो ।

नेपालको संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिड्ड वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने भनिएको छ । त्यस्तै, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो, सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसै गरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन निर्देशिका २०७४ को दफा २६ को उपदफा (६) मा उपराष्ट्रपतिको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिड्ड वा समुदायको हो, सोभन्दा फरक लिड्ड वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने प्रावधान रहेको छ ।

नेपाली व्याकरणमा ‘वा’ लाई विकल्प वाचकको रूपमा बुझिन्छ भने ‘र’ समुच्चय वाचकको मानिन्छ र यसले समुच्चयको अर्थबोध गराउ“दछ । त्यसैले यी व्यवस्थाहरूमा फरक लिड्ड र समुदाय नभनी लिड्ड वा समुदाय भनी व्यवस्था गरेकोबाट लिड्ड र समुदाय दुवै फरक चाहिने व्यवस्था नगरी यी दुवैमध्ये कुनै एक फरक भए पुग्ने गरी व्यवस्था गरेको मान्नुपर्ने हुन्छ ।’ निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णयको पूर्णपाठमा उल्लेख गरिएको छ ।

यसरी स्पष्ट, विशेष र सरल रूपमा गरिएको संवैधानिक व्यवस्थालाई दाबी, विरोधको उजुरीमा जिकिर लिएअनुसार अर्को धारा ३८ (४) महिलालाई सबै निकायमा समानुपातिक समावेशी हुने हक र धारा ४२ (१) ले समावेशीकरणलाई आत्मसात गरेको आधारमा फरक लिड्ड वा समुदाय भन्ने संवैधानिक प्रावधानलाई निष्क्रिय वा निस्प्रभावी पार्न नसक्ने पनि कार्यालयको निर्णयमा भनिएको छ । निर्वाचन कार्यालयको निर्णयमा उल्लेख छ– ‘यसरी राष्ट्रपति र उपराष्ट्रपति फरक लिड्ड वा समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी लिड्ड वा समुदाय फरक हुनुपर्ने गरी संविधान र कानुनी व्यवस्था भएको हु“दा खस आर्य समुदायभन्दा फरक समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य भन्न सकि“दैन । उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाको दाबी विरोधबमोजिम रामसहायप्रसाद यादव उपराष्ट्रपति उम्मेदवारको मनोनयन पत्र खारेज गर्नुपर्ने देखिएन ।’

२०७२ साल र २०७४ सालमा फरक लिड्ड र समुदायको व्यक्ति राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएको कारणले मात्र स्पष्ट रूपमा रहेको संवैधानिक र कानुनी व्याख्यामा असर नपर्ने भएकोले सोही कारणले फरक लिड्ड र समुदाय दुवै हुनुपर्ने संविधानसम्मत नहुने कार्यालयको निर्णयमा भनिएको छ ।

यसअघि निर्वाचन आयोगले उपराष्ट्रपतिको लागि महिला उम्मेदवार माग गर्न कार्यालयलाई स्मरण गराएको भन्ने आयोगको वक्तव्यसहित प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाइ उद्धृत गर्दै आएको सूचनाले सत्ता गठबन्धनमा अलमल भएको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले उपराष्ट्रपतिको निर्वाचनका लागि हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइएको सञ्चारमाध्यमलाई बताउनुभएको थियो । यसले गर्दा अन्योलता हुनुका साथै बहसको विषय बनेको थियो । त्यस अवस्थामा जसपाले यादवसहित प्रमिलाकुमारी यादवको पनि उम्मेदवारी दर्ता गराएको थियो । यसअघि सत्तागठबन्धनमा उपराष्ट्रपतिको लागि साझा उम्मेदवार जसपाबाट दिने निर्णय भएको थियो ।

यसैबीच प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको छ । यादवसहित नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका नेता ममता झासहित तीन जनाको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ । फाल्गुण २८ गते उम्मेदवारउपर उजुरीको जा“चबुझ गरी आइतबार नै उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नामावली फिर्ता लिने र अन्तिम नामावली प्रकाशित गरिएको हो । चैत्र ३ गते शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म नया“ बानेश्वरस्थित संघीय ससंद् परिसरमा मतदान हुनेछ ।