दाइजो नल्याएको भन्दै यातना दिने ससुरा महोत्तरीबाट पक्राउ

0
Shares

महोत्तरी। 

दाइजो नल्याएको भन्दै बुहारीलाई  शारीरिक  र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् ।

महोत्तरीको औरही नगरपालिका बस्ने उनकी बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।

२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान्  पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा  हालेकी थिइन् ।

त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश वम्मोजिम प्रहरीले  पक्राउ गरी पुर्पक्षको लागि जेल चलान गरिसकेको छ ।

तर पंकजका बुबा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँस्थित  दशगजा नजिकै लुकिछिपी वसिरहेको वेला उन्लाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

११ चैत्र २०७८ मा रामगोपालपुर विवाह भएको नेहा र पंकजको सामाजिक परम्पराअनुसार नै ५१ लाख नगद २० तोला सुन, ३० तोला चादी, टिभी, फ्रीज लगायत दाइजोकोरुपमा ल्याएको उनले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

यस्का वावजुत पनि विवाह भएको ८ महिनापछी पंकज लगायत उन्को घरपरिवारले नेहालाइ घरनिकाला गरिदिएपछी उन्ले मानवअधिकारवादी र मिडियाकर्मीहरूसगँ सहयोगको याचना गरेकी थिइन्  ।

श्रीमान् पंकज र उन्का वुवा राम प्रवेशलाइ अदालतले पुर्पक्षको लागी जेल चलान गर्ने आदेश दिएलगत्तै पंकज पक्राउ परेता पनि राम प्रवेश भने फरार नै थिए ।

प्रहरीको खोजीको क्रममा रहेका राम प्रवेश दशगजा क्षेत्रमा लुकेर बसेको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरि उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।

छोरा पंकजलाइ जस्तै उनलाई पनि सोही प्रकृतिको कसुरमा कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएपछि दाइजोबाट प्रताडित बनेका नेहा जस्तै बुहारिमा राहत महसुस भएको छ ।

दाइजोकै कारण शारीरिक र मानसिक यातना भोगीरहेका महिलाहरुले यो घटना बाहिर आएपछी सशक्त प्रतिवाद गर्ने विश्वास लिइएको छ ।