सङ्घीय शिक्षा विधेयक तत्काल ल्याउन लुम्बिनीबाट शिक्षा पत्रकारको उद्घोष

0
Shares

बुटवल । 

शिक्षा पत्रकार समूहले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलबाट सङ्घीय शिक्षा ऐन कहिले ल्याउने भनेर सरकारलाई प्रश्न गरेको छ । आइतबार प्रदेश मन्त्रीको उपस्थितिमा शिक्षा सरोकारवाला, सञ्चारसम्बद्ध संघ–संगठन, जनप्रतिनिधिहरुको उपस्थितीमो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष सङ्घीय शिक्षा विधेयक तत्काल सार्वजनिक गर्न दबाब दिन यस्तो प्रश्न गरिएको हो ।

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित अपिल सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास  मन्त्री चन्द्रकेश गुप्ताले शिक्षक राजनीतिभन्दा टाढा बस्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा ऐन छिटो जारी गराउनप्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले पवित्रभूमि लुम्बिनीबाट शिक्षा ऐनका लागि प्राथना गरिएको बताउनुभयो ।

कार्यक्रममा शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षा क्षेत्रमा अझै पनि संघीयताको मर्म विपरीत केन्द्रीकृत मानसिकता हाबी रहेको भन्दै तुरुन्त सङ्घीय शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो।

माया देवी गाउँपालिकाका अध्यक्ष धु्रबनारायण चौधरी, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष उमेश चन्द्र यादव, शिक्षक महासंघ प्रदेश सह अध्यक्ष छविलाल पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरि, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल लगायतको उपस्थिति थियो