सफारीको ठक्करबाट एक महिलाको मृत्यु

0
Shares

सुनसरी।

आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको इटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को१ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको हो ।

सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।