उज्यालो दिने वस्तुको व्यवसाय गर्ने व्यवसायीको पेसा अन्धकारमय भएको गुनासो

0
Shares

बुटवल । 

रुपन्देही विद्युतीय व्यवसायी संघको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा वोल्नेहरुले उज्यालो दिने वस्तुको व्यवसाय गर्ने व्यवसायीहरूको पेसा व्यवसायमा अन्धकार लागेको गुनासो गरेका थिए । मुलुकमा देखिएको सङ्कटले हरेक व्यवसाय धरापमा परेको वेला रुपन्देहीका विद्युतीय व्यवसायीले भोग्नु परेको पीडा यसरी सुनाएका हुन् । बैकको व्याज बुझाउन सारै समस्या भयो, जसले गर्दा व्यापारीको जोरो काडने भयो, संकट लम्बिँदा समस्याले रेकड तोड्ने भयो जस्ता पीडा सुनाएका थिए ।

उनीहरूले राज्यले व्यवसायीले भोग्नु परेका तमाम समस्यामा ध्यान दिन सकेको छैन । बैक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर र विद्युतीय सामान उत्पादन गर्ने उद्योगहरुले सिधै उपभोक्ताको घर घरमा होलसेलले पाउने मूल्यमा सामान सप्लाई दिँदा विद्युतीय व्यवसायी मारमा परेको गुनासो गरेका छन् । उनीहरूले विद्युतीय व्यवसायी महासंघले यी यस्ता मारमा परेका व्यवसायीको संरक्षणको लागि जिम्मेवार हुन व्यवसायीहरू डोलाराम न्यौपाने, दिलीप अग्रवाल, तेज बहादुर  जिसी र तेज नारायण खरेल माग गर्नु भयो ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका महासचिव विमल राज भट्टराई र रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकालले बुटवल लगायतका प्रमुख सहरका व्यवसायी उद्योगी व्यापारीहरु चरम आर्थिक समस्यामा परेको गुनासो राख्नु भयो । बैक बाहेक अन्य सबै व्यवसाय चौपट भएको औँल्याउनु भयो ।
कार्यक्रममा  विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशम प्रसाद देवकोटाले विद्युतीय व्यवसायीका समस्याको सवालमा महासङ्घ चिन्तित रहेका बताउदै महासंघको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत समस्याको सवालमा एकतर्फी रुपमा गम्भीर हुन सम्भव नभएकाले अर्थ मन्त्रालयसँग सिधै छलफल गरी समाधान खोज्न जरुरी रहेको औँल्याउनु भयो ।

संघका अध्यक्ष लोक नाथ पोखरेलको अध्यक्षतामा भएका कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शान्तराज कँडेल, महासचिव सूर्य कुवेर लगायतले व्यवसायीका सवालमा महासङ्घ जिम्मेवार हुन माग गर्नु भएको थियो ।

सोही अवसरमा बुटवल नगर समितिलाई उत्कृष्ट तिलोत्तमा नगर समिति दोस्रो र सैनामैना नगर समिति तेस्रो हुँदै सम्मानित भएका छन् । सोही समारोहमा सङ्घले एसइईमा व्यवसायीका छोराछोरीबाट उत्कृष्ट अंकल्याएकालाई पनि सम्मान गरिएको थियो ।