श्री एयरलाइन्सले आजदेखि नियमित उडान गर्ने

0
Shares

काठमाडौँ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको उडान फुकुवा गरेपछि आजदेखि पुन: नियमित उडान गर्ने भएको छ ।

प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको शुक्रबार प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय भएको हो ।

प्राधिकरणका अनुसार प्राधिकरणले शुक्रबार बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो ।

प्राधिकरणले शुक्रबार उडानमा रोक लगाएपछि पूर्वनिर्धारित सबै १४ उडान स्थगित भएका थिए। जसबाट करिब दुई हजार यात्रु मर्कामा परेको कम्पनीले जनाएको छ ।

बिहीबार काठमाडौँबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो ।