लागूऔषधसहित एक युवक पक्राउ

0
Shares

धनगढी ।

धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

धनगढी–९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित उपमहानगरपालिका–८ धनगढी गाउँका २८ वर्षीय उमेश रानालाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट जुगेडा र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।