जनमत पार्टीकले ममता झालाई उपराष्ट्रपतिमा उठाउने

0
Shares

काठमाडौं ।

सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनमत पार्टीको कार्यकारी बैठकले झालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन जनमतले उपराष्ट्रपतिमा दाबी गर्दै पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज झालाई अघि सारेको हो ।

उपराष्ट्रपतिमा जनतमसहित जसपा र नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरिरहेको छ ।