ढुङ्गा प्रहार गरेर  युवकको हत्या, ३ जना पक्राउ

0
Shares

बुटवल । 

रुपन्देहीको सैनामैना नगरपालिका मंगलबार राती एक युवकको ढुङ्गाले हानेर हत्या भएको छ । हत्या भएको व्यक्तिको सनाखत नहुदै प्रहरीले  घटनामा संलग्नहरु ३ जनालाई  नियत्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको छ ।

युवकको हत्या गरी लुकिछिपी बसेका उनीहरुलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियत्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका २ बस्ने शिशिर थारु, अघाँखाची घर भई सैनामैना २ बस्ने धुब बिसी नवलपरासी बर्दघाट घर भई सैनामैना बावरी होटलमा काम गर्ने सन्दीप भन्ने शेर बहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार तराईहोलीमा रङ लगाउने रमाईलो नाचगान गर्ने युवाहरु एक आपमा रङ दलेर मित्रता गाँस्ने कार्यक्रम सैनामैनामा चलिरहेको थियो । २ जना युवाहरु सैनामैनामा सोरौलीमाजारी मेलामा घुमफिर गरेर र साँझपख उत्तरतर्फ लाग्छन् ।

नजिकै सैनामैना–२ उछडिहवामा रहेको कोशेली रेस्टुरेन्ट पुग्छन् । ती युवाभन्दा अगाडीनै होटल पुगेका २ जना र मेलाबाट गएका २ जना गरी ४ जना मिलेर होटलमा मदिरा सेवन गर्छन् । मदिराले लठीएका ४ युवाहरूबिच आपसमा विवाद चल्छ, विवाद बढ्दै जाँदा हत्या सम्मको योजना बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरी स्रोतका अनुसार घटना हुने कारण मृतकसँग नगद भएको र उक्त नगद लुटने योजनामा युवकको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान रहेकोईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बताउनु भयो ।

होटलमा केही विवाद भएपछि ३ जना मिलेर हत्या गर्ने उद्देश्य सहित माथि एकान्तमा लगेर कुटपिट गरी ढुङ्गा र बोतलले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनियहरुमाथि थप अनुसन्धान जारी छ ।

बुधवार बिहान स्थानीयले खेतमा लास देखेपछि इलाका प्रहरी कार्यालय रन्यौरालाई खबर गरेका थिए । खबर पछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले मृतकको टाउकामा धेरै चोट लागेको रगत समेत धेरै देखिएपछि हत्या हुन सक्ने भन्दै दोषीलाई पक्राउ गर्न प्रहरीले घटनास्थलमा कुकुर समेत परिचालन गरेर अनुसन्धान गरेको थियो । थापाले घटनाबारेमा थप अनुसन्धान जारी रहेको बताउनु भयो ।

प्रहरीले पत्रकार सम्मेलनमा हत्या गरिएका व्यक्तिको अझै सनाखत हुन नसकेको भन्दै  घटना स्थलमा फेला परेको सवको प्रकृति र उनले लगाएको पहिरन बारे जानकारी गराएको छ । मृतकले  कालो जिन्सपाईन्ट, कालो सेतो रङको जुता खेरो मोजा, दायाँ हातमा डोरो बाधेको उचाई करिब ५ फिट ३ इन्च रहेको अन्दाजी ४० वर्षीय मंगोलियन अनुहारको पुरुष रहेकोले  कोही आफन्तको यस्तो हुलिया भएको व्यक्ति हराएको भए नजिकको प्रहरी कार्यालय वा बुटवल इलाका प्रहरी कार्यालयमा समर्पक गर्न प्रनाउ थापाले आह्वान गर्नु भएको छ ।