कोसी प्रदेश नामाकरणविरुद्ध भोलि बन्द आह्वान

0
Shares

काठमाडौं । कोसी प्रदेश नामाकरणविरुद्ध बन्द आह्वान गरिएको छ । कोसी नामाकरण खारेजीको माग गर्दै भोलि (बिहीबार) बन्द आह्वान गरिएको हो ।

प्रदेशको स्वस्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिने संयुक्त संघर्ष समितिले जनाएको छ । उक्त समितिका ससदस्य माया राईले बहुसंख्यक जनताको माग र भावनानाविपरीत प्रदेशको नामाकरणविरुद्ध बन्द आह्वान गरिएको राईले बताए ।

प्रदेश–१ को नाम पहिचानको आधारमा हुनुपर्ने, प्रदेशका बहुसंख्यक जातजातिको भाषा, संस्कार, संस्कृति र भूगोललाई समेट्ने पहिचानविपरीत कोसी नामाकण गरिएको भन्दै बन्द आह्वान गरिएको छ ।

त्यस्तै संघर्ष समितिका संयोजक भीम किराँतीको गत शुक्रबार स्थानीय सरकारलाई प्रेसज्ञाप्ती बुझाउँदै भोलि बन्द आह्वान गरेको छ ।

उक्त संघर्ष समितिले गत माघ १७ प्रदेश सभाले बैठकले पारित गरेको नाम कोसी प्रदेश प्रदेशबासीले अस्वीकार गरेको भन्दै तत्काल खारेजीको माग गरेको छ ।

संघीयताको भावना अनुरुप ऐतिहासिक सभ्यता र पहिचानको आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने संघर्स समितिको जोडदार माग छ ।