बालअधिकार उलंघनका घटनाको अनुगमनमा नागरिक समाज सक्रिय

0
Shares

 कालिकोट ।

जिल्लामा घट्ने गरेका बालअधिकार उल्·घनका घटनारुको अनुगमन गर्ने कार्यमा तिलागुफा नगरपालिका,शुभ कालिका गाउँपालिका र जिल्ला स्तरमा गठित नागरिक समाज सक्रिय हुने भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाक नेपाल कालिकोटको आयोजनामा मंगलबार सम्पन्न बालअधिकार अनुगमन सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यक्रममा नागरिक समाज,पत्रकार,मानव अधिकारर्कीहरुले बाल अधिकारका लागि सक्रियताकासाथ वकालत र पैरवी गर्ने प्रतिबद्धता जनाएका हुन्।

दुईदिने कार्याक्रमले मानव अधिकार,बालअधिकारको बारेमा प्रस्ट भएको र वकालत अनुगमन गर्न सहज भएको नागरिक समाज तिलागुफाकी सदस्य प्रमीला शाहीले वताए ।

तालिममा पत्रकार तथा मानव अधिकारकर्मी कालीबहादु मल्ल,अधिवक्ता दमनराज बम,सेभ द चिल्ड्रेनका बाले विश्वकर्मा,किर्डाक कालिकोटका प्रकाश शाहीले सहजीकरण गरेको तलिममा मानव अधिकार सम्बन्धी अवधारण,बालअधिकार सम्बन्धी अवधाराणा, बालअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनका वारेमा जानकारी गराइएको थियो ।
यस्तै बाल अधिकार उल्·घनका घटनाको अनुगमनको उद्देश्य,महत्त्व,बालअधिकार अनुगमनका तहहरु,सूचना संकलन तरिका दस्तावेजिकरणका विषयमा प्रस्ट पारिएको थियो ।

किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा तिलागुफा नगरपालिका र शुभ कालिकामा गाउँपालिकामा गठित नागरिक समाजका पदाधिकारी तथा जिल्लामा रहेको क्रियाशील पत्रकार अधिकारकर्मीको सहभागिता रहेको थियो ।

नागरिक समाजका पदाधिकारीहरुले बालअधिकारको वारेमा वकालत गदै आएको र तालिम पछि  अधिकारको अवस्था र घटनाको अनुगमन दस्तावेजीकरण गरी सबै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको छ ।
तालिमबाट नागरिक समाजका पदाधिकारीहरु बालअधिकार अवधारणा,बालअधिकार अनुगमनको सूचनाको सुरक्षा,स्थानीय तहमा बनेका बालअधिकार सम्बन्धी वनेका ऐन,कानूनको कार्यान्वयनका लागि वकालत पैरवी गर्न सक्षम भएका छन् ।