भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम

समाचारपत्रकर्मी बुढाथोकीसहित विभिन्न व्यक्तित्वलाई सम्मान

0
Shares

भक्तपुर ।

भक्तपुर अस्पतालले नेपाल समाचारपत्रका सम्वाददाता एवं पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुष्करराज बुढाथोकीसहित बिभिन्न ब्यक्तित्वलाई सम्मान गरेको छ ।

आज भक्तपुर अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम : नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड स्थापना’ कार्यक्रमको उद्घाटन समारोहमा सम्मान गरिएको हो ।

कार्यक्रममा अस्पतालकोबारेमा लामो समयदेखि निष्पक्ष रहेका समाचार सम्प्रेषण गरेको भन्दै अस्पतालले पत्रकार बुढाथोकी ,राष्ट्रिय समाचार समिति भक्तपुरका सम्वाददाता एवं पत्रकार महासंघ भक्तपुरका सल्लाहकार रमेश गिरी, भक्तपुर पोष्टका सम्पादक तथा पत्रकार महासंघका सचिव संजिव शुभचिन्तक, कैलाश खबरका सम्पादक बिनोद बिकलाई दोसाल्ला ओढाएर नगद सहित सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

त्यसअवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम, अस्पतालका पूर्व अध्यक्ष मिलन सुवाल, डाक्टरहरु सुनिल ढुङ्गेल, डा. मधु पाण्डे, डा. निर्मल श्रेष्ठ, डा. देवेन्द्र भट्टराई, डा. रन्जिस पहाडी, डो कविता मानन्धर, डा. मञ्जु बज्राचार्य, डा. सुरज धौभडेल, अभिनास कायस्थ, नर्सिङ्ग व.अधिकृत रोशनी श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यस्तै स्वास्थ्यकर्मी एवं कर्मचारीहरु कविता प्रधान, कृष्णप्रसाद आचार्य, हरिप्रसाद कोजू, ममता थापा, प्रियंका कुमारी भगत, कल्पना कायस्थ, रेसु कार्की, न्हुच्छे लघु, सुनिता न्यौपाने, सुनिता श्रेष्ठ, तारा रिजाल, प्रतिभा भुसाल, बुद्धिबहाुर महर्जन, सन्तमाया श्रेष्ठ, राजु माक तथा आरएनए ग्रुपका अरुण सैजू र राजेश गाइजूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कर्यक्रममा वागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले भक्तपुर अस्पतालमा कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेशका विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन बागमती सरकारले नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रमको नीति अगाडि सारेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारअन्तर्गतको भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल भक्तपुरका २ वटा विशिष्टकृष्त सामुदायिक अस्पतालको रुपमा रहेको चर्चा गर्दै बागमती प्रदेशअन्तर्गतका १३ वटा अस्पतालहरुले उत्कृष्टता हासिल गरी अगाडि बढिरहेको बताउनु भयो ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सिंगो देशकै लागि गौरवको योजना भएको बताउँदै उहाँले प्रदेश सरकारले हाल दुई शैय्याको प्यालिएटिभ केयरको सेवा पाँच शय्यामा विस्तार गर्दै आगामी दिनमा प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्दै लाने लक्ष्य रहेको बताउनुभयो । उहाँले वाग्मती प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर स्वास्थ्यको पहुँचबाट कोही पनि बाहिर रहन नपर्ने व्यबस्था गर्न लागेको बताउनु भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल बागमती प्रदेशकै नमुना र उत्कृष्ट अस्पताल घोषणाले धेरै गरिब जनतालाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको बताउनुभयो ।कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार डीपी ढकालले संघीयताको अनुपम उदाहरण भक्तपुर अस्पताल रहेको बताउदै प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालको स्तरोन्नतीका लागि काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा भक्तपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतम, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थ लगायतले अस्पतालको विगतमा रिफर सेन्टर बने पनि अहिले अस्पतालले आमूल परिवर्तन गरि सेवामासमर्पित रहेको बताउनु भयो ।नेपाल पत्रकार महासंघका सचिव सञ्जिव शुभचिन्तकले अस्पतालले राम्रो गर्दा साथ दिने र नराम्रो गर्दा खबरदारी गर्ने काम पत्रकारबाट हुने बताउनु भयो ।