जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

0
Shares

काठमाडौं।

ललितपुर महानगरपालिका-१४ थसिखेलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१४ नख्खिपोट बस्ने ५० वर्षीया कान्छीमाया तामाङ समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार १५ रूपैयाँ र ९ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।