राखेप सदस्य सचिव घिसिङ अस्वस्थ्य



काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेपप) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् ।

गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहे पछि पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको राखेपले जनाएको छ ।

अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य–सचिव घिसिङलाई शुक्रबार साँझ डिचार्ज गरिएको छ । उनलाई चिकित्सकले केहि दिन आराम गर्न सल्लाह दिए पछि उनी घरमा नै आराम गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्