कोदालो प्रहार गरी श्रीमतीको हत्या

0
Shares

बागलुङ।

बागलुङमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन् ।

घर छेउको बारीमा आलु खन्दै गरेकी राधाको पछाडिपट्टिबाट कोदालोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । कोदालो प्रहारबाट गम्भीर भएकी राधालाई धवलागिरि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई कोदालोले हानेपछि केशवले झुण्डिएर आत्महत्या गर्न खोजेको स्थानीयवासीको भनाइ छ ।