हायसको ठक्करबाट बालिकाको मृत्यु 

0
Shares

सिन्धुली ।

विपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका ७ सुनिता पेट्रोल पम्प नजिकै हायसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । बाटो क्रस गर्नेक्रममा हायसले ठक्कर दिँदा तीन पाटन गाउँपालिका ११ का कमल तामाङको ९ बर्षिया छोरी ममता तामाङको मृत्यु भएको हो ।

काठमाडौंबाट काकडभिट्टा तर्फ जाँदै गरेको बा ४ ख ६६७३ नम्बरको हायसले ठक्कर दिँदा गम्भीर घाईते भएकी तामाङको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

हायसको ठक्करबाट बालिकाको दाहिने खुट्टा र टाउकोमा गम्भीर चोट लागी मृत्यु भएको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो । ठक्कर दिने हायस प्रहरीले नियन्त्रणमा लिएको छ ।