सशस्त्र प्रहरीद्वारा काठको कोईलासहित तीन ट्याक्टर नियन्त्रणमा



पश्चिम नवलपरासी ।

सशस्त्र प्रहरीले जिल्लाको प्रतापुर गाउँपालिका ४ हर्कपुराबाट आज (बिहीबार) करीव १५ लाख ९८ हजार रुपैयाँ बराबरको काठको कोईला र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

भन्सार छली अवैध रुपले लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त कोईला तथा ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजाहाले नियन्त्रणमा लिएको हो ।

ट्याक्टर जाँच गर्ने क्रममा ट्याक्टरका चालक भने फरार भएका थिए ।

नियन्त्रणमा लिएको कोईलासहितको तीन वटै ट्याक्टर आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्