कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

0
Shares

झापा । 

झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छिन् ।

उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जनाएकाे छ ।