कोरियाली राजदुतको  नाटु नाटु डान्स भिडियो भाइरल

0
Shares

एजेन्सी ।

भारतमा रहेको दक्षिण कोरियाली दूतावासले आफ्ना कर्मचारीहरूसहित हिट तेलुगु फिल्म आरआरआरको नाटु नाटु गीतमा नृत्य गरेको भिडियो यतिखेर भाइरल भएको छ ।

भिडियोमा राजदूत चाङ जे बोक र उनको टोलीले जोडी र ठूला समूहमा गीतका विभिन्न स्टेपहरू प्रस्तुत गरेको देख्न सकिन्छ। भिडियो साताको अन्त्यमा भाइरल भयो, अहिलेसम्म ४० लाख हेरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘जीवित र मनमोहक’ टोलीको भन्दै प्रशंशा गरेको बिबिसीले जनाएको छ ।