बसको ठक्करबाट पत्रकार हितंगाको मृत्यु

0
Shares

बुटवल ।

बसको ठक्करबाट बुटवलमा पत्रकारको ज्यान गएको छ । बुटवलको मिलनचोक नजिकै भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ ।

शनिबार राति करिब सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईनतर्फ गइरहेका हितंगा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाईकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश०७–०२–००१ ख १२२६ नम्बरको  यात्रु बाहक बस बसपार्क नजिकै बसले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनको रुपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददाताको रुपमा कार्यरत थिए ।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्ष देखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए। हितंगाका बुवा,एक श्रीमती २ भाइ रहेका छन्। दूर्घटनामा परी ज्यान गुमाउनु भएका हितंगाको निधनले सिगा रुपवन्देहीको पत्रकारितालार्ई स्तब्ध तुल्याएको छ  ।