प्रचण्डका कारण राजनीतिप्रति वितृष्णा जगायो : पार्वत गुरुङ



धनगढी।

पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले नेपालमा पछिल्लो समय राजनीति विकृत बनिरहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा मानव अधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थिरता नहुने पनि बताए। राजनीतिक स्थायित्व कायम गर्ने अन्तिम मौका पाएका प्रचण्डले त्यो पनि गुमाएको दाबी गरे।

उनले भने, ‘प्रचण्डजस्ता अस्थिर मान्छे हुँदासम्म मुलुकले स्थिरता पाउदैन। प्रधानमन्त्री पदका लागि पुरानो गठबन्धनबाट एमालेको समर्थन खोज्ने, फेरि कांग्रेसलाई साथ दिनेजस्ता अविश्वनीय कामले भावी राजनीतिप्रति समेत वितृष्णा जगाएको छ।’

आफ्नो प्रतिवद्धता र इमानदारीमा रहनुपर्ने प्रधानमन्त्रीले नै बेइमान गरेको भन्दै जनताले सजाय दिनेसमेत उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्