सदस्यता नवीकरण गर्न सामुदायिक वन समूहलाई महासंघको आग्रह


दाङ ।

सामुदायिक वन उपभोक्ता महासंघ दाङले जिल्लाका सबै सामुदायिक वन समूहहरुलाई महासंघसगँको आबद्धता र नवीकरण गर्न आग्रह गरेको छ ।

जिल्ला महासंघ दाङको आज शनिवार घोराहीमा सम्पन्न पूर्ण बैठकले वन महासंघको अधिवेशन र महाधिवेशनलाई लक्षित गरी यही फागुन २० गतेभित्र महासंघको सदस्यता नवीकरण गर्न आग्रह गरेको हो ।

वन महासंघको केन्द्रीय समितिको निर्णय अनुसार सबै वन समूहको आबद्धता नवीकरण सम्पन्न गरी चैत २० गतेसम्म स्थानीय महासंघको अधिवेशन र वैशाख १० गतेभित्र जिल्ला अधिवेशन गर्ने निर्णय बैठकले गरेको बैठकपछि वन महासंघ दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिनुभयो ।

वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको सभापतित्व एवं वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकश खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रमुख अतिथि खड्काले आगामी जेठ ९ गतदेखि १२ गतेसम्म हुने सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेशनलाई लक्षित गरी स्थानीय तहदेखि जिल्ला र प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

वन महासंघ दाङका कोषाध्यक्ष कमलराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा जिल्लाको पालिका तहमा भएका सामुदायिक वनका गतिविधिका बारे स्थानीय महासंघका अध्यक्षहरूले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वन महासंघका केन्द्रीय सदस्यद्वय सावित्री राना र रीता बिक, न्यायिक समिति संयोजक खिमा अधिकारी, वन महासंघ घोराहीका अध्यक्ष कर्णबहादुर बुढाथोकी, तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वली,राप्तिका अध्यक्ष हरि भुसाल, राजपुरका रामबरण यादव, वबइका अध्यक्ष मोहलाल थापा, ललित केसी, फर्सबहादुर नेपाली, लगायतकाले बोल्नु भएको थियो ।

कार्यक्रमको सहजिरकण जिल्ला सचिव जानका केसीले गर्नु भएको थियो ।