पश्चिम बंगालमा केन्द्रीय राज्यमन्त्रीमाथि ढुंगामुढा प्रहार

0
Shares

कोलकाता । 

केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रामानिक माथि पंश्चिम बंगालमा ढुंगामुढा भएको छ ।

पश्चिम बंगालको कुच बिहारमा जाँदा ढुङ्गा मुढाको सामना गर्नु परेको हो ।

प्रामानिकले तृणमूल कांग्रेसका समर्थकहरूले आफु माथि आक्रमण गरेको आरोप लगाएका छन् । केन्द्रीय मन्त्रीको एसयूभीको विन्डशिल्डमा क्षति पुगेको छ ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । श्री प्रामानिक कुचबिहारबाट सांसद हुन्।

‘यदि कुनै मन्त्री सुरक्षित छैनन् भने, तपाईं सामान्य मानिसको दुर्दशाको कल्पना गर्न सक्नुहुन्छ। घटनाले बंगालको लोकतन्त्रको अवस्था देखाउँछ, उक्त घटना पछि उनले भने ।