हिमपहिरोमा परी चार जनाको मृत्यु

0
Shares

एजेन्सी।

अफगानिस्तानको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ । उत्तरी बदख्सान प्रान्तको अर्घान्जख्वा जिल्लाको एउटा गाउँमा हिमपहिरोमा परी उनीहरूको ज्यान गएको सूचना तथा संस्कृति सम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले जानकारी दिएका छन् ।

टाकअर्चा गाउँमा शुक्रबार राति हिमपहिरो आएको र त्यसमा चार जनाको मृत्युभएको जानकारी अधिकारीले दिए पनि घटनाबारे विस्तृत विवरण दिएका छैनन् । गत साता पनि सोही प्रान्तको कोफाब जिल्लामा हिमपहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने ३० वटा घर ध्वस्त भएका थिए ।

त्यसअघि पहाडी क्षेत्र बदख्सानमा हिमपहिरोमा परी ३६ जनाभन्दा बढीको मृत्यु भएको थियो । दर्जनौँ आवासीय भवन पनि ध्वस्त भएका थिए । निरन्तरको हिमपात, कठ्याङिग्रने ठण्डी, बाढी पहिरोमा परी अघिल्लो महिना महिला र बालबालिकासहित दुई सय जनाले ज्यान गुमाएका थिए ।