चीनले रुसलाई घातक हातहतियार दिन सक्ने अमेरिकाको चेतावनी

0
Shares

चीनले युक्रेन युद्धका लागि रुसलाई हातहतियार र गोलाबारुद दिने विषयमा विचार गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आरोप लगाएका छन् ।

ब्लिङ्कनले सीबीएस न्यूजलाई चिनियाँ कम्पनीहरूले पहिले नै रुसलाई गैरघातक सहयोग उपलब्ध गराउँदै आएको र नयाँ सूचनाले बेइजिङले मस्कोलाई ूघातक खालका सहयोगू पनि प्रदान गर्न सक्ने सङ्केत दिएको बताए ।

यदि चीनले त्यसो गरे त्यसको परिणाम गम्भीर हुने चेतावनी उनले दिए । चीनले चाहिँ मस्कोले सैन्य उपकरण माग गरेको समाचारलाई अस्वीकार गरेको छ ।

चीनको चेतावनी

चिनियाँ राष्ट्रपति सी जिन्पिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी हुन् र उनले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गरेका छैनन् । तर यो द्वन्द्वमा तटस्थ रहन खोज्दै उनले शान्तिका लागि आह्वान गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयले रुससँगको सम्बन्धलाई लिएर अमेरिकाको ूऔँला देखाउने र जबरजस्ती गर्ने कार्यलाई स्वीकार नगर्ने बताएको छ ।

ब्लिङ्कनले शनिवार म्युनिख सुरक्षा सम्मेलनमा चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीसँग भेट गरेपछि सीबीएससँग कुराकानी गर्दै चीनलाई चेतावनी दिएका थिए । –बीबीसी