विश्वविद्यालयमा गोलीचल्दा तीन जनाकाे मृत्यु

0
Shares

सिकागो, एजेन्सी  । 

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो ।

मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ । अभियुक्तको खोजी भइरहेको छ । विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेकोा थियो ।

गोलीकाण्डबारे जानकारी प्राप्त हुनेवित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारी साधन विश्वविद्यालय पुगेका थिए । यसैबीच, एशोशिएटेड प्रेसका अनुसार आक्रमणकारी पनि मारिएको छ । चार घण्टासम्म विश्वविद्यालयको वातावरण तनावग्रस्त भएको थियो ।

आक्रमणकारी मारिएको खबर प्रहरीले आज सार्वजनिक गरेको हो । आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन । निजको विश्वविद्यालयसँगको संलग्नताबारे केही उल्लेख गरिएको छैन ।