टर्कीमा भूकम्पको पीडाबीच लुटपाट गर्ने ४८ जना प्रहरीकाे नियन्त्रण

0
Shares

काठमाडौं ।

टर्की र सिरियामा गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । यसैबीच टर्कीमा लुटपाटको घटना बढेको प्रहरीले जानकारी दिएको छ । लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले नियन्त्रण गरिसकेको छ ।

समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग(अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ ।

यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।